नुवाकोटमा दुइदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, १९० जनाले सेवा लिए

विदुर । जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा दुइदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भ​एको छ । यही फाल्गुन २९ र ३० गते निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गरिएको थियो । शिविरमा १९० जना मोतिबिन्दुका बिरामीहरूको शल्यक्रिया गरिएको छ ।

यसअघि तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर संचालन गरि मोतिबिन्दुका बिरामीहरू खोजिएका थिए । फाल्गुन २१ गते श्री लच्याङ प्रा.वि, लच्याङमा, फाल्गुन २२ गते वडा कार्यालय बुङताङमा, फाल्गुन २५ गते श्री पञ्चकन्या मा.वि तिगाउँ बेलकोटगढीमा र फाल्गुन २६ गते ककनी -०४ रानीपौवास्थित सृजनशील​ युवा क्लबको भवनमा शिविर संचालन गरिएको थियो ।

तस्बिरहरु:

 

यो पनि पढ्नुहोस् :

नुवाकोटको लच्याङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, १८१ जनाले सेवा लिए

नुवाकोटको बुङताङमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, १७३ जनाले सेवा लिए

नुवाकोटको बेलकोटगढीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, १९० जनाले सेवा लिए

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्