बेलकोटगढी । नुवाकोटको बेलकोटगढीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा फाल्गुन २५ गते श्री पञ्चकन्या मा.वि तिगाउँ बेलकोटगढीमा शिविर संचालन गरिएको थियो ।
बुधबार सम्पन्न उक्त शिविरमा जम्मा १९० जना विरामीले सेवा लिएका छन् भने १९ जना मोतिबिन्दुका बिरामीहरू सल्यक्रियाको लागि छनौट भएका छन् । मोतिबिन्दु भएको पाइएका बिरामीहरूको यही फाल्गुन २९ र ३० गते जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने छ ।
शिविरलाई उत्साहजनक रूपमा सफल पार्न सहयोग गर्नुहुने सबैलाई जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
तस्बिरहरु: