नुवाकोटको रानीपौवामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न, २३२ जनाले सेवा लिए

ककनी । नुवाकोटको रानीपौवामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा फाल्गुन २६ गते ककनी -०४ रानीपौवास्थित सृजनशील​ युवा क्लबको भवनमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

बिहीबार​ संचालन भ​एको उक्त शिविरमा जम्मा २३२ जना विरामीले सेवा लिएका छन् भने ३४ जना मोतिबिन्दुका बिरामीहरू सल्यक्रियाको लागि छानिएका छन् । छनौट भएका ३४ जना बिरामीहरूको यही फाल्गुन २९ र ३० गते जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा सञ्चालन हुने निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने छ ।

शिविरलाई उत्साहजनक रूपमा सफल पार्न सहयोग गर्नुहुने सबैलाई जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले धन्यवाद ज्ञापन गर्नुभ​एको छ ।

तस्बिरहरु:

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्