सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहको बाह्रौं बार्षिक साधारण सभा

कञ्चनपुर – सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहको बाह्रौं बार्षिक साधारण सभा सुरू भएको छ ।
सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नीमप्रसाद पन्तको सभापतित्व तथा
शुक्लाफाँटा  वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराको प्रमुअ अतिथिमा शुक्रबार साधारणसभाको उद्घाटन शत्र सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा शुक्लाफाँटा नगरपालिकाका अधिकृत गणेश धानुक र वन रक्षक केशवराज जोशी रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य परमानन्द पन्तले राखेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष महराले वनसँग जिवित प्राणीको प्रत्यक्ष सम्बन्ध जोडिएकाले वनको संरक्षणका लागि पदाधिकारीहरु तथा उपभोक्ता सबैको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । राम्रो नेतृत्व चयन गरि वनको हितमा काम गर्ने व्यक्तिलाई अघि सार्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले एक फरक प्रशंगमा भन्नुभयो “राष्ट्रघाती एमसीसी पारित गर्ने देशबेचुवाहरू जस्तै वन क्षेत्रमा पनि बिचौलिया भएकोले यिनीहरूलाई तपाईं हामीले लखेट्नुपर्छ र यस्ताहरूबाट सावधान हुनुपर्छ ।” कार्यक्रममा अध्यक्ष महराले आफुले पार्टीबाट राजीनामा दिईसकेको र आफू स्वतन्त्र भएकोले पार्टीको झण्डा बोकेर भोट माग्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ को प्रगति प्रतिवेदन तथा आर्थिक बर्ष २०७८/७९ को निति तथा कार्यक्रम बार्षिक कार्यक्रम र अनुमानित आय व्यय प्रस्तुत गरिएको थियो । कार्यक्रममा घाँस काट्ने मेसिन वितरण तथा ग्याँस सिलिन्डर वितरण कार्यलाई समेत निरन्तरता दिएको छ । वनविकास संरक्षण तथा विकास कार्यक्रम, गरिब लक्षित कार्यक्रम, ग्रामीण सामाजिक पूर्वाधार तथा प्रशासनिक विकास, राहत कोष लगायतका कार्यक्रमहरू समावेश भएका छन् ।
अधिवेशन भने टुंगिएको छैन । पुरानो समिति विघटन भएको छ। पदाधिकारी चयनका लागि निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन भने अनिश्चितकालका लागि स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्