सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु, चार जना घाइते

काठमाडौं – सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए ।

दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको रावलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्