अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा पदभार ग्रहण

काठमाडौं – पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । स‌ंसद सदस्य नरहेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

तर राजीनामा दिएको भोलिपल्ट बुधबार खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्