रामेछापको माथिल्लो ढाँडेमा विकास निर्माणको काम धमाधम हुँदै, केही समयपछी स्थानीयलाइ सहज हुने ।

रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर ६ माथिल्लो ढाँडेमा खानेपानी, सडक मर्मत, खेलमैदान तथा मन्दिर निर्माण जस्ता विकासका काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सडक मर्मतको लागि १ लाख ५० हजार, खानेपानीको ट्याङ्कीको लागि १ लाख ५० हजार,प्रगतिशिल खेल मैदानको लागि २ लाख, तेजास्पेश्वर महादेव मन्दिर पुननिर्माणको लागि ३ लाख ५० हजार र प्रगतिशिल युवा समाजको कार्यालय व्यवस्थापनका लागि १ लाख रुपैँया बजेट छुटाइएको थियो ।

यसअघि उपभोक्ताबाट पैसा उठाएर पाइप ल्याउने तर त्यसको प्रयोग खासै नहुने गरेकोले प्रगतिशील युवा समाजको पहलमा पालिकाबाटै बजेट बिनियोजन गरी आरसीसी पानीको ट्याङ्की बनाइ व्यवस्थापनमा राम्रो बनाउन खोजिएको वडा अध्यक्ष अनुप गजुरेलले बताए ।। हाल त्यस गाउँका स्थानीय वासिन्दा,जनप्रतिनिधि तथा बुद्दिजिविहरुको सक्रियतामा ३४ घरधुरीको लागि खानेपानी सुविधा उपलब्ध भएको छ ।

माथिल्लो ढाँडे हुँदै तल्लो ढाँडे सम्मको सडक सुरुमा ट्याक स्थानियले पैसा उठाएर खोलिएको हो। उक्त सडक सञ्चालन भएसँगै हाल करिब १ सय घरधुरीले सेवा पाएका छन् । काठमाण्डौबाट गुँरासे जान यही बाटो हिड्दा गाउँलेलाइ सहज भएपछि खुसी देखिएका छन् ।
खेल मैदान र मन्दिरको निर्माण काम सक्न बजेट नपुग्ने भएको छ । खेल मैदानको लागि करिब २ सय जाली भर्नुपर्ने र मन्दिरको लागि करिब १० लाख रुपैंया नपुग हुने भएकोले करिब १५ देखि २० लाख रुपैँयासम्म बजेट भए व्यवस्थित खेल मैदान बन्ने स्थानीयको भनाइ छ ।
पालिकाको वडा नम्बर ६ मा उपभोक्ता समिति गठन गरी विकास निर्माणको काम भइरहेको छ । प्रत्येक टोलमा टोल सुधार समितिले जनप्रतिनिधीसँग आफ्नो टोलमा आवश्यक विकास निर्माणका कुरा राखेपछि वडा तथा पालिकाले सम्बोधन गरी विकासका काम भइरहेको सोही वडाका वडा अध्यक्ष अनुप गजुरेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्