लमजुङको राइनासमा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको पार्क निर्माण

काठमाडाैँ – लमजुङको राइनास नगरपालिकामा राष्ट्रिय विभूति एवं वीर भक्ति थापाको सम्झनामा पार्क निर्माण गरिएको छ ।

नगरपालिकाको वडा नं. ९ मोहोरियाकोटमा ५ रोपनी जग्गामा ३० फिट अग्लो सालिक निर्माण गरिएको छ । उपहार खबर सँग कुराकानी गर्दै राईनास नगरपालिकाका नगर प्रमुख सिँह बहादुर थापाले सालिक निर्माण गरिएतापनि अन्य संरचना निर्माण हुन बाँकि रहेको र उक्त पार्कले पूर्णता पाउन अझै समय लाग्ने बताउनुभयो ।
भक्ति थापा विसं १८७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर निधन भएको थियो । अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ । उनी लमजुङस्थित पुँवर थापा परिवारमा जन्मिएका हुन् । १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्