मन्त्री आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपश्चात सचिवालयले दियो यस्तो जवाफ

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातेको छ । यतिबेला राम्रा नराम्रा टिकाटिप्पणीले फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जाल यतिखेर रंगिएका छन् । यस सम्बन्धमा मन्त्री आलेको सचिवालयले कानुनी परामर्श शुरु गरेको बताएको छ ।

मंगलबार सार्वजनिक भिडियो तोडमोड, काँटछाँट गरी भिडियो सार्वजनिक गरिएको भन्दै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ । यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको समेत उल्लेख गरेको छ ।

सचिवालयका अनुसार यो भिडियो पुरानो हो । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको थियो । एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले नयाँ गठबन्धन बनेपछि मन्त्री आलेविरुद्ध नकारात्मक कमेन्ट गर्न थालेको समेत सचिवालयले जनाएको छ । उनले आर्थिक सहयोग चाहियो भन्दै बार्गेनिङ गरेको समेत सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्