नेपाली काँग्रेस दार्चुलाको कोषाध्यक्षमा भट्ट र संगठन विभाग संयोजकमा कार्की

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको कोषाध्यक्षमा हंशराज भट्ट मनोनित भएका छन् । महाकाली नगरपालिका दार्चुलाका प्रमुख समेत रहेका भट्टलाई जिल्ला कार्यसमितिको माघ २८ र २९ गते बसेको बैठकले कोषाध्यक्षमा मनोनित गरेको हो । बैठकले भट्टको संयोजकत्वमा ३ सदस्यीय अर्थ समिति समेत गठन गरेको छ । अर्थसमितिको संयोजकमा नगर प्रमुख भट्ट, सदस्यमा नर बहादुर बम र महेन्द्र प्रसाद बडू रहेका छन् । त्यस्तै बैठकले संगठन विभागको संयाजकमा दुँहु गाउँपालिका अध्यक्ष समेत रहेको पुलेन्द्र बहादुर कार्कीलाई चयन गरेको छ । कार्की नेपाली काँग्रेसका जिल्ला सचिव समेत हुन् । उनले हालै भएको जिल्ला अधिवेशनमा सबै भन्दा धेरै मत ल्याएर जिल्ला सचिवको पद जितेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्