नेपाली काँग्रेस दार्चुलाले भन्यो- ‘आफुखुसी उम्मेदवारी घोषणा गरे कारवाही हुन्छ’

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले स्थानीय निर्वाचनलाई लक्षित गरि आफुखुसी उम्मेदवारी घोषणा गर्ने काँग्रेस कार्यकर्ताहरुलाई पार्टिको विधान अनुसार कारवाही गर्ने बताएको छ । शनिबार जिल्ला सभापति ललितसिंह बोहराले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायमा छलफल तथा परामर्श नगरी विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई कारवाही गर्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ दार्चुला विजप्त का आसन्नं स्थानीय तहको निर्वाचन लाई लक्षित गरी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सम्वन्धित निकायमा छलफल र परामर्श विना आफुखुशी विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने गराउने कार्य नगर्न हुन नेपाली काँग्रेस जिल्ला कार्य समिति हार्दिक अपिल गर्दछ । लोकतान्त्रीक पद्धतीमा आफ्नो चाहाना अनुसार उम्मेदवारी प्रस्तुत गर्न स्वभाविक नभएपछि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरुले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुने छ । तथापी आफ्नो उम्मेदवारीको चाहाना लाई नेपाली काँग्रेसको वडा कार्यसमिति, गाउँ, नगरसमिति, क्षेत्रिय कार्य समिति र जिल्ला कार्य समिति संघ सरसल्लाह नगरी सामाजिक संजाल वा होटेल चिया पसल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्ने र टिप्पणी गर्दा र गराउँदा हाम्रों पार्टीका निष्ठावान कार्यकर्ताहरुको मनोवलमा कमी आउन गई संगठन कमजोर हुने सम्भावना रहेकोले यस किसिमका गतिविधीहरु अगाडी नबढ़ाउन र वढाएकहरुलाई तुरुन्तै फिर्ता लिन सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दै पार्टीको हित विपरितका क्रियाकलापहरु जो कोहिलेपनी गरेको पाएमा पार्टीको विधान अनुसारको कार्वाही गर्न नेपाली काँग्रेस जिल्ला कार्य समिति वाध्यहूने व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सबैमा जानकारी गराइन्छ । जय नेपाल ललित सिह बोहरां सभापति नेपाल० दार्चुला विजप्त का आसन्नं स्थानीय तहको निर्वाचन लाई लक्षित गरी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सम्वन्धित निकायमा छलफल र परामर्श विना आफुखुशी विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने गराउने कार्य नगर्न हुन नेपाली काँग्रेस जिल्ला कार्य समिति हार्दिक अपिल गर्दछ । लोकतान्त्रीक पद्धतीमा आफ्नो चाहाना अनुसार उम्मेदवारी प्रस्तुत गर्न स्वभाविक नभएपछि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरुले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुने छ । तथापी आफ्नो उम्मेदवारीको चाहाना लाई नेपाली काँग्रेसको वडा कार्यसमिति, गाउँ, नगरसमिति, क्षेत्रिय कार्य समिति र जिल्ला कार्य समिति संघ सरसल्लाह नगरी सामाजिक संजाल वा होटेल चिया पसल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्ने र टिप्पणी गर्दा र गराउँदा हाम्रों पार्टीका निष्ठावान कार्यकर्ताहरुको मनोवलमा कमी आउन गई संगठन कमजोर हुने सम्भावना रहेकोले यस किसिमका गतिविधीहरु अगाडी नबढ़ाउन र वढाएकहरुलाई तुरुन्तै फिर्ता लिन सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दै पार्टीको हित विपरितका क्रियाकलापहरु जो कोहिलेपनी गरेको पाएमा पार्टीको विधान अनुसारको कार्वाही गर्न नेपाली काँग्रेस जिल्ला कार्य समिति वाध्यहूने व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सबैमा जानकारी गराइन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्