नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्