जन्ती सवार जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, बेहुला बेहुली सहित ७ जना घाईते

काठमाडाै‌ं– प्युठानमा जन्ती जीप दुर्घटना भएको छ । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान एक बजे ओखरपाटामा दुर्घटनामा परेको हो । जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा बेहुला, बेहुली नै घाइते भएका छन् । भने अन्य घाइतेको उपचारका लागि अस्पताल लगिएको प्रहरी जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्