आजदेखि मौसममा सुधार हुने, भोलिदेखि मौसम खुलेर घाम लाग्ने

काठमाडौं – आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । विहिवार तथा शुक्रवार वर्षा र हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद्ले बताएका छन् । विहिबार हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको थियो भने निरन्तर बर्षा समेत भएको थियो ।

अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने र आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने छैन । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्