चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर ईमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०७४ बैशाख २५ गतेको आदेशले पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका मगरको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर ईमाडोलबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर बुझाइएको उक्त महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्