सिन्धुपाल्चोकका एमाले नेता कर्माचार्य नेकपा एकिकृत समाजवादीमा प्रवेश

काठमाडौं – सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराए ।

२०५६ देखि २०६६ सालसम्म नेकपा एमालेको सिन्धुपाल्चोक जिल्ला सचिव रहेका कर्माचार्य २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका उनी नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेमै बसेका थिए ।

कर्माचार्यले बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सच्चिन्छन् कि भन्ने आशाले एमालेमा बसे पनि त्यो सम्भव नहुने देखेपछि माधवकुमार नेपाललाई नै नेता मानेर आएको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्