स्थानीय चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् ।

निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ । ०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्