दार्चुला र धार्चुला जोड्ने मोटरेबल पुल बन्ने, नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – दार्चुलाको महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी पुल बनाउने परियोजनाबारे मंगलबार नेपाल र  भारतबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्