होली पर्व सुरु भएको दिनको रुपमा आज काठमाडौंको वसन्तपुरमा चीर ठड्याइयाे

काठमाडौं – होली पर्व सुरु भएको दिनको रुपमा आज काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।

रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्