बेदकोटमा खानेपानीको समस्या टर्दै, १२ आयोजनाहरु सम्पन्न, १३ योजना निर्माणको क्रममा

कञ्चनपुर – बेदकोट नगरपालिकामा खानेपानीको समस्या टर्दै गएको छ । हेण्ड पम्पको दुषित पानी पिउनुपर्ने बाध्यताको समेत सामाधान भएको छ । उपहार खबरसँग कुराकानी गर्दै बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बेदकोटमा खानेपानीका थुप्रै आयोजनाहरु निर्माण भइसकेको र केहि सम्पन्न हुने चरणमा रहेको बताउनुभयो ।
विगतमा खानेपानीको समस्या भोग्दै आइरहेको बेदकोटबासीको समस्यालाई मध्यनजर गर्दे नगरपालिकाले खानेपानीको क्षेत्रमा धेरै सुधार गरेको पाइन्छ । जसमा खानेपानीतर्फ १२ आयोजनाहरु सम्पन्न गरेको छ । सुडा खानेपानी, वडा नं. ९ र १० का लागि बैजनाथ खानेपानी आयोजना, वडा नं. १० को नवदुर्गा खानेपानी आयोजनाको काम सम्पन्न भएको छ भने अन्य ठाउँमा पनि स–साना खानेपानी आयोजनाको काम सम्पन्न भएका छन् ।
यसैगरी वडा नं..४ बैगुनमा रहेको शिवलिंगेश्वर खानेपानी आयोजना, वडा नं. ३ मा रहको दैजी खानेपानी आयोजना लगायत धरमपुर खानेपानी आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । वडा नं. १ को हात्तिथला खोपानी आयोजना, वडा नं. २ को झर्ना खोनपानी आयोजना, वडा नं. ६ को सिसैया खानेपानी आयोजना, वडा नं. ७ को बसन्तपुर हजरा खानेपानी आयोजना तथा लिप्ना खानेपानी आयोजना गरी १३ योजना निर्माणको क्रममा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्