कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले एक सूचना जारी गर्दै शुक्लाफाँटा कार्यालय र मातहतका निकायबाट माघ १० गतेदेखि ५ दिनसम्म सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
नगरपालिकामा कार्यरत ८ जना कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकोले यही माघ १० गतेदेखि १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्