कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएपछि ….

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

वडाध्यक्ष भिखराम चौधरीका अनुसार अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुूरीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्