स्थानीयले मोटरसाईकल तोडफोड गरेको हो तर मदिरा सेवन गरेको छैन : वडा अध्यक्ष चौधरी

कैलाली- गौरीगंगा नगरपालिकाका वडा अध्यक्ष जगतराम चौधरीले माघीको अवसरमा आफ्नो मोटरसाईकल तोडफोड भएको र आफुले मदिरा सेवन नगरेको बताएका छन् । उपहार खबर लगायतका केहि मिडियामा समाचार सम्प्रेषण भएपश्चात उहाँले एक विज्ञप्ती जारी गर्दै आफुले मदिरा सेवन नगरेको र माघीको अवसरमा शुभकामना आदानप्रदान गर्न गएको बेला आफुले प्रयोग गर्दै आइरहेको से १ ब ६७७ नम्बरको सरकारी मोटरसाईकल वडाका स्थानीय मायाराम चौधरीको घरमा पार्किङ गरि राखेको अवस्थामा वडा नं. १ का स्थानीय रमेश चौधरीले बन्चरो प्रहार गरी तोडफोड गरेको बताएको छ ।
निज चौधरी विगतमा पनि सरकारी सम्पत्तीमाथि तोडफोड आगजनी लगायतका असामाजिक र अमर्यादित कार्य गरेर वडावासीहरुलाई पटक पटक दुःख दिइरहेकोले उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको समेत विज्ञप्ती मार्फत प्रष्ट पारेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्