दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने दुई रुपियाँको नयाँ सिक्का

नेपाल राष्ट्र बैङ्कले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको दुई रुपियाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । नेपालको चुच्चे नक्सा भएको र २०७७ साल लेखिएको दुई रुपियाँको सिक्का बजारमा पठाएको नेपाल राष्ट्र बैङ्कले जनाएको हो । नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला छन् । सिक्काको पछाडिको भागमा पनि वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला र आठ थोप्लासहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाका आकृति छन् । पछाडिको बीच भागमा जानकी मन्दिरको आकृति छ र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ भने माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्