न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल

काठमाण्डौ – सरकारले श्रमजीवी पत्रकारका लागि गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई पारिश्रमिक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अर्याल तत्कालीन नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीको कार्यकाल सकिएकाले सरकारले रिक्त पदमा अर्याललाई नियुक्त गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्