गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्न संसदमा विधेयक दर्ता, प्रतिबन्ध फुकुवा भएमा युवाहरु बिदेसिनुपर्ने

File Photo

काठमाण्डौ – गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता भएको छ ।

पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गर्नुभएको निजी विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषाधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ ।

तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरुसँगै समग्र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपालमा पनि गाँजामा लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उहाँले बताउनुभयो । अमेरिका, क्यानडा लगायत विश्वका ४० देशले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । कानुनमा उत्पादनका सीमा, प्रयोगका शर्तहरु उल्लेख भएकाले जथाभाबी नहुने उहाँले बताउनुभयो ।

गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा एक किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नपाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्