आजको मौसम : एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ – हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

सोमबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्