पूर्वाधार विकास कर फिर्ता नभए संसद अवरुद्ध पार्ने चेतावनी

काठमाडौँ – समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गिरीले मन्त्रिपरिषदको निर्णयअनुसार पूर्वाधार विकास करमा गरिएको बृद्धि संसदकै अधिकारमाथि हस्तक्षेप भएको बताइन् ।

उनले कुनै पनि कर लगाउने अधिकार मन्त्रिपरिषदलाई नभएको दावी पार्दै संसदले मात्र त्यस्तो निर्णय गर्न पाउने तर्क गरिन् । विश्वव्यापी सिद्धान्त र अभ्यासको विपरीत सरकारले चोर बाटोबाट कर वृद्धि गरेको उनको आरोप थियो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पूर्वाधार करमा गरिएको वृद्धिले जनतालाई भार नपर्ने दावी गरेकोमा पनि उनले आश्चर्य प्रकट गरिन् । अर्थमन्त्रीले आयल निगमको मुनाफाबाट उक्त कर पूर्ति हुने दावी गरे पनि निगमले जनतासँग नै असुलेर नाफा आर्जन गर्ने भन्दै सांसद गिरीले भनिन्, ‘जनतालाई यसरी भ्रममा पार्नु भएन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्