सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं – सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान साढे ९ बजेदेखि सत्ता गठबन्धन दलको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल भइरहेको प्रमुख स्वकीय सचिव देउवाले बताए । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनीत हुने एक सिटबाहेक १९ सिटका लागि आगामी माघ १२ गते ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्