कांग्रेसले तोक्यो वरीयता : पहिलो देउवा, दोस्रोमा खड्का, अन्तिममा को ?

काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा छन् ।

कांग्रेसले पदाधिकारी केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । महामन्त्री गगन थापा वरियताको चौंथो नम्बरमा हुँदा विश्वप्रकाश शर्मा पाँचौ नम्बरमा छन् ।  ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि छन् ।

कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो । सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ । १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन् ।

केन्द्रीय सदस्य मध्य १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका हुन्। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वतः कार्यसमिति सदस्य हुन्छ । कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो ।

बाँकी ३३ जना केन्द्रीय सदस्य सभापति देउवाले मनोनीत गर्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्