कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

काठमाडौं – एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।

बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो । कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न नसकिएको बै‌कले जनाएकाे छ । बै‌ंकले आफ्नो सबै  सिस्टम ठीक रहेकाे समेत बताएकाे छ । तर पनि अलर्ट भएर बसेकाे बैंकका एक कर्मचारीले जानकारी दिए ।  धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्