१३ हजार बढी शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन, कुन जिल्लामा कति?

काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।

आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ।

आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्। यसअघि आयोगले निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्