११ वर्षपछि मलेसियासँग नेपाल पराजित

काठमाडौं – एसीसी टी–२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ ।

मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी–२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक मलेसियाले बाजी मा‍¥यो ।

शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बलिङ ठिकठाक गरेको नेपालले ब्याटिङमा भने न राम्रो शुरुवात गरेको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवात नै खराब रहृयो । पहिलो पटक सिनियर टिममा ओपनिङ गरेका कुशल मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर १ रन थियो । पूर्वकप्तान पारस खड्का ९ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्दै तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । कप्तान मल्ल ३८ रनमा आउट भए । चौथो विकेटका रुपमा ऐरी ३८ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ११० रन थियो । थप २२ रन जोड्दा नेपाल अलआउट भयो ।

१७औं ओभरमा पवन सर्राफ १९ रन बनाए आउट भए भने १८औं ओभरमा आरिफ शेख आउट भए । आरिफले ५ रन जोडे । १९औं ओभरमा पनि नेपालले विकेट गुमायो । करण केसीले मात्र २ रन बनाए पेभलियन फर्किए ।
अन्तिम ओभरमा मात्र नेपालले तीन विकेट गुमाएको थियो । विनोद भण्डारी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछाने १ रन बनाएर आउट भए । यस्तै सुशन भारी डकआउट भए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्