कोदोको संरक्षण गर्दै इस्मा गाउँपालिका, सहकारी मार्फत बजारीकरण

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले कोदोको प्रर्वद्धन गर्दै रैथाने बालीको रुपमा संरक्षण थालेको बताएको छ ।

कोदो खेतीमा कृषकलाई थप उत्प्रेरित गर्न गाउँपालिकाले कृषकहरुको घरमै पुगेर कोदो संकलन गर्ने र स्थानीय सहकारी मार्फत बजारीकरण गर्ने काम गरिरहेको छ । गाउँपालिकाले कोदोको मूल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरेको छ ।

सहकारीले प्रति किलो एक रुपैयाँ गाउँपालिकाको तर्फबाट ढुवानी अनुदान पाउने व्यवस्था मिलाइएको छ । विगतमा गाउँमा बिचौलियाले आफूखुसी मूल्यमा कोदो खरिद गर्दै आएकोमा पालिकाको यो अभियानले गाउँमा कोदो बिचौलियाहरुको समेत अन्त्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाले इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गर्दै आएको छ । तर प्रचार प्रसारको अभावमा सहकारीले संकलन गरेको कोदो आवश्यक मात्रमा बाहिर निर्यात हुन सकेको छैन ।

इस्मा गाउँपालिकाले अहिले इस्मा गाउँपालिका भित्रका कार्यक्रमहरुमा खाजाको रुपमा कोदोको परिकारलाई अगाडि बढाउने अभ्याससँगैे बिदाइमा पनि कोसेलीको रुपमा कोदोकै पिठो उपहार दिन सुरु गरेको छ । तर अहिले गाउँपालिकाले सहकारी मार्फत उचित मुल्यमा कोदो खरिद गर्न थालेपछि किसानहरु भने कोदो खेतितर्फ थप उत्साहित हुन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्