महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै

काठमाण्डौ – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आयोजक बङ्गलादेश र नेपालले समान दुई खेलमा चार–चार अङ्क जोडेका छन् । भुटानले तीन खेलबाट ३ अङ्क जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।

लगातार तीन खेलमा पराजित श्रीलङ्का भने फाइनल होडबाट बाहिरिसकेको छ । नेपालले भारतसँग पर्सि खेल्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्