आज यी स्थानमा हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली हुने भएको छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमपात र हल्का वर्षा हुनका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्