प्रदेश नम्बर १ का मुख्यमन्त्री राई विरुद्ध अदालतमा मुद्दा, यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन् ।

उनले काठमाडौं जिल्ला अदालतमा ’नाता कायम गरि अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन् ।

मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् ।

खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चार मन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन् । साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन् ।

राई विरुद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए ।

राई मुख्यमन्त्री भैसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छिन् ।

उनले आफूलाई भएको अन्यायबारे नेकपाका शिर्ष नेताहरूलाई जानकारी दिन खोज्दा बेवास्ता गरेको समेत मुद्दामा उल्लेख गरेकी छिन् ।

अदालतले मुद्दा दर्तासँगै मुद्दा पेशी समेत तोकिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्