शेयर बजार १० महिनायताकै तल्लो विन्दुमा, आज ८८ अङ्कले घटेर २३ सय ६१ विन्दुमा

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा झरेको छ । गएको माघ १८ गतेयता नेप्से पहिलो पटक २३ सय ७० विन्दु भन्दा तल झरेको हो । आज कारोबार भएका सबै समूहको शेयर घटेको छ । बीमा, व्यापार, फाइनान्स, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा बाहेक सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ ।

आज ७४ लाख ६० हजार कित्ता शेयर तीन अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएकाे छ । आज नयाँ सारथी लघुवित्तको शेयर १० प्रतिशतले तथा लक्ष्मी इक्विटी फन्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । युनिलिभर नेपाल र स्वाभिमान लघुवित्त कम्पनीको शेयर भने दुई प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्