डडेल्धुरामा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत सहित नागरिक अभिनन्दन

डडेल्धुरा – सुदूरपश्चिम भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले अमरगढी नगरपालिका–८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गरेकी हुन् । जिल्ला सदरमुकामभन्दा पाँच किलोमिटर टाढा उत्तरतर्फ महाकाली राजमार्गको छेउमै अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा पुगि राष्ट्रपति भण्डारीले माता भगवतीको दर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिकाले नागरिक अभिनन्दन गरि सम्मान स्वरुप उपहार प्रदान गरेको थियो भने जिल्ला समन्वय समिति डडेल्धुराका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । साथै जिल्ला सदरमुकाममा रहेको क्याम्व्रिज पब्लिक बोर्डिङ स्कुलले पनि मायाको चिनो प्रदान गरेको थियो ।

राष्ट्रपतिको उग्रतारा मन्दिर दर्शनका बेला जनप्रतिनिधिलगायत कर्मचारी मन्दिरका पुजारी, धामी, भ्रणिया, लौगटिया, उग्रतारमा रहेको वेदविद्याश्रमा अध्ययनरत बटुकलगायत उग्रतारा क्षेत्र विकास समिति पदाधीकारी, पूर्व पदाधिकारीहरूले स्वागत गरेका थिए । साथै राष्ट्रिपति भण्डारीलाई फाग (सगुन) गाएर बाजागाजा सहित स्वागत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्