अतिक्रमित भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा

काठमाडौं – नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन् । नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पु¥याएको उनको भनाई छ ।

यस्तै सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सकिएको र छिट्टै उचाई सार्वजनिक गर्ने मन्त्री अर्यालको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्