सुदूरपश्चिम सौन्दर्यताले भरिपूर्ण : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम पाकृतिक रुपमा सौन्दर्यले भरिपूर्ण र रमणिय क्षेत्र भएको बताउनुभएको छ ।

शुक्रबार डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरको दर्शन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

‘सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश छ,’ उहाँले भन्नुभयो, ‘डडेल्धुरा सहित समग्र सुदूरपश्चिमको विकासका लागि नेपाल सरकार लागि परेको छ ।’

राष्ट्रपति भण्डारीले आफू डडेल्धुरामा यसअघि पनि आएको जानकारी दिुनभयो । तर, राष्ट्रपति भएर भने पहिलो पटक डडेल्धुरामा आएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले बिहीबार बैतडीको त्रिपुरा सुन्दरी र दार्चुलाको मालिकार्जुन मन्दिरमा पूजापाठसँगै दर्शन गर्नुभएको थियो ।

हेलिकोप्टरमार्फत डडेल्धुराको उग्रतारा मन्दिर पुगेपछि उग्रतारा माताको दर्शन गरेर उनी शुक्रबार नै कञ्चनपुर प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिको उपस्थितिमा शुक्रबार ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’ आयोजक भीमदत्त नगरपालिकाले मझगाउँस्थित विमानस्थलमा विशेष समारोहको आयोजना गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्