सभापतिमा पराजित भए सरकारबाट हटाउने भन्दै जिताउन प्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउने भन्दै जिताउन सम्पूर्ण प्रतिनिधिलाई आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न खडा हुन नदिन प्रतिनिधिहरुलाइृ मत दिएर विजयी गराउन अपिल गर्नुभयो ।

देउवाले आफूलाई महाधिवेशनमा जिताए सबैको माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्