कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे सभापतिमा उम्मेदवारी

काठमाडौँ – कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई उनले समर्थन गर्ने भएका छन् ।
आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन मार्फत जनाएका हुन् । अब सभापतिको दौडमा शेरबहादुर देउवा,शेखर कोइराला, प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्