‘राजेन्द्र लिङ्देनको कुरा जमिनको यथार्थ रिपोर्टिङ्ग हो, चोरहरूका खुट्टा लुला भईसके’ : पाठक

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजेन्द्र लिङ्देनको कुराले चोरहरुका खुट्टा लुला भइसकेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रवक्ता पाठकले ’लोकतन्त्रका निम्ति संघर्ष गरेको नेता’ भन्ने बित्तिकै राज्य लुटका जति सुकै श्रृङ्खलावद्ध अपराध पनि माफ हुने हो ? भन्दै प्रश्न समेत गरेका छन् । नेता पाठकले नेताले लुटतन्त्र मच्चाएर विगतको सङ्घर्षको ब्याज खाने र नागरिकले चुपचाप खान दिने दिन अब करिब करिब अन्त्य नजिक भएको पनि बताए । उनले भने, ‘राजेन्द्र लिङ्देन जी को कुरा जमिनको यथार्थ रिपोर्टिङ्ग हो। ’चोरहरू’का खुट्टा लुला भईसके ।’

शुक्रबार नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सम्बोधन गर्ने क्रममा राजेन्द्र लिङ्देनले नेताहरुलाई जनताले चोर भन्न थालेको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्