सभापतिको उम्मेदवार छान्न संस्थापनइतरका नेताहरु छलफलमा

File Photo

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु सभापति चयन गर्न छलफलमा जुटेका छन् । महाधिवेशन उद्घाटन समारोह सकिएलगत्तै पौडेल समूहका नेताहरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् ।

बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरु सहभागी छन् । महाधिवेशनको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयनको समय तोकिएको छ तर पौडेल समूहबाट सभापतिको उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।

सहमतिका लागि नेताहरु निरन्तर छलफलमा रहेपनि सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति जुट्न सकेको छैन । दुई नेताले सभापतिका लागि तयारी अगाडि बढाएपछि पौडेल समूहमा सबैलाई समेट्ने गरी पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्ने दबाव बढ्दै गएको छ । तर पूर्वमहामन्त्री सिंह भने आफूबाहेक अरुलाई सभापतिमा स्वीकार नगर्ने अडानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्