टोयोटा नेपालले लन्च गर्‍यो राइज, यस्ता छन् विशेषताहरु

काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. ले नयाँ ए एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ ।

नेपालमा निकै सफल रहेको टोयोटाका एसयूभी मोडलहरूमा नयाँ थपिएको राईज पनि निकै आकर्षक साबित हुने देखिन्छ । कम्प्याक्ट एसयुभी सेगमेन्टको बढ्दो माग सँगै टोयोटाले ग्राहकहरुका लागि उत्कृष्ट मोबिलिटी सोल्युसन ल्याएको छ जसमा ग्राहकले आरामदायी र सुरक्षित अनुभव गर्न सक्नेछन् ।

युटिएसका जेनेरल म्यानेजर महेश कुमार एमले बताए अनुसार, “टोयोटा राइज, टोयोटाको किउडिआर (QDR: क्वालिटी, डिउराबिलिटि र रिलाइबिलिटि) को एक प्रतिबिम्ब हो ।” राइजलाई एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर कारको रूपमा ब्याख्या गर्न
सकिन्छ। साइजमा सानो भएता पनि यसमा रहेको २०० एमएम ग्राउण्ड क्लियेरेन्स, ४.९ मिटरको टर्निङ्ग रेडियस, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङ्ग लगायतका फिएचरले गर्दा यसलाई सो क्लास कै उत्कृष्ट मध्येको एक बनाउदछ । भर्खरै मात्र तयार भएको
इन्लाइन ३ सिलिन्डर १.२ लिटरको पेट्रोल इन्जिनले टप लेबेल को एक्सेलेरेसन प्रदान गर्दछ  भने राइज अटोमेटिक भेरिएन्टमा रहेको CTV गियर बक्सले आरामदायी यात्राको अनुभव प्रदान गर्दछ ।

यसमा रहेको १७ इन्चको टायरले निकै पावरफुल महसुस गराउनुका साथै गाडीको स्थिरतामा समेत मद्धत गर्दछ । त्यस्तै, राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेस रहेको छ भने इन्टरटेन्मेन्टको लागि एप्पल कारप्ले र एण्डरोइड अटो सहितको ७ इन्चको डिस्प्ले दिइएको छ । सुरक्षाको हिसाबले पनि राइज निकै फिएचरहरूले भरिपूर्ण रहेको छ । गाडीमा रियरभिउ क्यामेरा जडित रहेको छ भने अगाडी र पछाडी दुई-दुई वटा सोनार सेन्सर रहेको छ । त्यस्तै गाडीमा एबिएस, भेहिकल स्टाब्लिटि कन्ट्रोल, हिल एस्सिस्ट कन्ट्रोल लगायतका अत्याधुनिक
फिएचरहरू समेत रहेको छ जसले गाडीलाई झनै सुरक्षित र भरपर्दा बनाउदछ ।

राइज नेपालमा चार वटा भेरिएन्टमा उपलब्ध छ, १/२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक जसको मूल्य ६६ लाख देखि ८६ लाख सम्म रहेको छ । राइजको बिक्रि आजदेखि नेपाल भरि  आधिकारिक रूपमा शुरू गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्