सिटौला समूह आन्तरिक छलफलमा, महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सार्ने

काठमाडौँ – नेपाली काँग्रेसको कृष्ण सिटौला समूह आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको हो ।
आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग फाइनल छलफल गर्ने बुझिएको छ । सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन् भने उनले आफूलाई साथ दिनेहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्