कञ्चनपुरमा श्रीमान श्रीमतीको शव रगताम्य अवस्थामा भेटियो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन ।

प्रहरीको ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको खुलेको छ, प्रहरीको टोलीले अहिले घटना स्थललाई घेराबन्दीमा राखेको छ । शव रगताम्य अवस्थामा भेटिएकाले अनुसन्धान पछि मात्रै घटनाबारे प्रष्ट भन्न सकिने प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्