भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला

काठमाण्डौ – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन भन्दै विभिन्न देशले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्