जुन उम्मेदवारले बागमती प्रदेशको राजधानी सार्ने मुद्दा बोक्छ उसैलाई भोट दिन्छु : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधि निमा ग्याल्जेन शेर्पाले प्रदेश राजधानी सार्ने मुख्य एजेण्डा रहेको उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । हाल कायम रहेको बागमती प्रदेशको राजधानी हेटौंडा बाट अन्य ठाउँमा सार्ने एजेण्डा बोक्ने प्रतिनिधिलाई आफु मतदान गर्ने र सोहि अनुरुप मतदान गर्न काँग्रेस महाधिबेशन प्रतिनिधी हरुलाई आव्हान गरेका छन् ।

बागमती प्रदेशमा रहेका १३ जिल्लामध्ये अधिकांश जिल्लालाई पायक नपर्ने ठाउँमा षडयन्त्र गरेर जबर्जस्ती रुपमा बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरिएको भन्दै अध्यक्ष शेर्पाले भने “जसले  मकवानपुरको हेटौंडाबाट राजधानी सारेर सबैलाई पायकपर्ने स्थानमा ल्याउने एजेण्डा अघि सार्छ उसैलाई साथ दिन हामी तयार छौं ।”

तत्कालीन अवस्थामा केहि सिमित व्यक्तीहरुको स्वार्थको कारण एमालेको एजेण्डामा सहमती जनाउँदै काँग्रेसका निश्चित नेताहरुले गैरजिम्मेवारी निर्णय लिएको भन्दै ‘बागमती प्रदेशको राजधानी कुनैहालतमा हेटौंडा हुन नसक्ने काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधी शेर्पाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्